News Griha :: न्यूजगृह
कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  ०६:५०
Weather Update