प्रहरीले बरामद गर्यो २५ सय किलो प्याज

बारा— प्रहरीले बाराको जितपुर-सिमरा उपमहानगरपालिका-१ स्थित पथलैया चोकबाट १ लाख २५ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ ।
गएराति प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले प्र.२-०४-००१ च ००८४ नं को पिकअप गाडीलाई रोकी जाँच गर्दा बिल बिजक भन्दा बढी लोड गरेको २५ सय किलो प्याज बरामद गरेको हो । बरामद प्याजको मूल्य १ लाख २५ हजार रुपैयाँ अनुमान गरिएको छ ।
प्याज ओसारपसारमा प्रयोग भएको पिकअप गाडीलाईसमेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अघि बढाएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८० १८:३०