News Griha :: न्यूजगृह
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाजुरा बडिमालिका नगरपालिकाको खडिगाडमा ट्रयाक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

सदरमुकाम मार्तडीबाट गौमुलतिर जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।  ट्रयाक्टर चालकको उद्धार भइरहेको स्थानीयले बताएका छन् ।

घर निर्माणमा प्रयोग हुने सामान ओसार्न प्रयोग गरिएको ट्याक्टर अर्को साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा उद्धारका लागि प्रहरी र स्थानीयको टोली पुगेको बडिमालिका-२ वडाअध्यक्ष डम्म महतले बताए। 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:४७
Weather Update