बोका चोरेको आरोपमा २ जना पक्राउ

गुल्मी— बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र सोही स्थानकै नाबालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।
गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका- ५ बर्दबासकी विष्णुकुमारी जोगी कुँवरको खोरबाटै बोका चोरी भएको थियो । त्यसपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
अनुसन्धानका क्रममा प्रहरीले उनीहरू दुई जनालाई गुल्मीदरवार गाउँपालिका-१ बाट नियन्त्रणमा लिएको हो । सोधपुछका क्रममा उनीहरूले बोका काटेर केही मासु खाएको र केही मासु बिक्री गरेको खुलेको पाण्डेले बताए ।
पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८० ०७:२६