आजको मौसम : आंशिक बदलीदेखि सामान्यतया सफा

काठमाडौं— जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसम आंशिक बदलीदेखि सफा रहनेछ ।
बिहान पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
विभागका अनुसार दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८० ०६:१४