News Griha :: न्यूजगृह
बाघको आक्रमणबाट बर्दियामा बालकको मृत्यु

काठमाडौं— बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

बारबर्दिया नगरपालिका-४ का ११ वर्षका सुमित थारू बबई नदीमा नुहाउन गएका बेला शनिबार दिउँसो साढे १२ बजे जिरा सामुदायिक वन नजिकै बाटे बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

उनलाई उपचारका लागि बर्दियाकै जयनगरस्थित आरसी थारू मेमोरियल अस्पताल लगिएकोमा शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:२२
Weather Update