पशुपति क्षेत्र विकास कोषमाथि छानबिन गरी कारबाही गर्न अख्तियार पठाउने निर्णय

काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय गरेकाे छ ।
पर्यटनमन्त्री सुदन किराँतीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीको लागि अख्तियारलाई पठाउने निर्णय गरिएको हो ।
पशुपतिनाथ मन्दिर परिसरबाट भेटीघाटी संकलन हुने घ्याम्पो हराएपछि एक छानबिन समिति गठन गरिएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई पठाउने निर्णय भएको पर्यटन मन्त्रालयलले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९ २१:३५













