News Griha :: न्यूजगृह
अवरुद्ध बीपी राजमार्ग खुल्यो

काठमाडौं— अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । बसमा स्थानीयले आगजनी गरेपछि अवरुद्ध बनेको राजमार्ग सोमबार दिउँसो १ बजेपछि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनस्थल मै मृत्यु भएको थियो ।

यस्तै, दुर्घटनामा परी मोटरसाइकल चालक खोटाङ जिल्ला तुवाचुङ नगरपालिका–२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:५३
Weather Update