आजको मौसम : तराईमा हुस्सु, पहाडमा आंशिक बदली

काठमाडौं— तराईका केही भूभागमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण वर्षा र हिमपातको सम्भावना छैन ।
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८० ०६:१५