महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन हुँदैछ। प्रज्ञा भवन कमलादीमा बिहान १० बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको छ। हिजोबाट सुरु भएको ५७ औं वार्षिक साधारणसभाबाट महासंघले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ कार्यसमितिका लागि विभिन्न ६४ पदमा ४ सदस्य भने निर्विरोध निर्वाचित भएका छन्।

बाँकी ६० पदमा १ सय १५ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए। महासंघमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय २१ जना, वस्तुगततर्फ १ सय २३ र एसोसिएट तर्फ १७ सय ६२ जना मतदाता छन्।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ ०६:५५













