News Griha :: न्यूजगृह
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं— अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० ठगी गरेको अभियोगमा काठमाडौं प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ४ घर भई हाल काठमाडौं महानगरपालिका– २६ सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापा छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको सामाखुसी बाट पक्राउ गरेको हो । 

अधिकारीले वैदेशिक रोजगारीको प्रलोभन देखाई मासिक ३ लाख ५० हजार भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ ३० लाख लाग्ने भन्दै पीडितबाट उक्त रकम ठगी गरेको प्रहरीको आरोप छ । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:३८
Weather Update