
काठमाडौं— जल तथा मौसम विज्ञान विभागले आज मौसम आंशिक बदलीदेखि सफा रहने जनाएको छ ।
बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
काठमाडौंमा बिहान ५:४५ को न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार काठमाडौंमा आज दिउँसो मौसम सामान्यता सफा रहनेछ ।
विभागका अनुसार दिउँसो कोशी, बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
जल देशका कुनै पनि भूभागमा वर्षा र हिमपातको सम्भावना छैन । पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना नरहेको हो ।