News Griha :: न्यूजगृह
लिभरपुलसँग आर्सनल २–० गोल अन्तरले पराजित

काठमाडौं आर्सनलमाथि २–० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणको खेल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो ।

खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्‍यो । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए ।

खेलको ८० औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको फ्रिकिकलाई जाकुब किविओरले आफ्नै पोस्टको जाली चुमाएपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । इन्जुरी समयमा डिओगो जोटाको पासमा लुइस डियाजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:४९
Weather Update