News Griha :: न्यूजगृह
पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु

काठमाडौं— भारतको नोएडामा भएको क्रिकेट खेलमा पीचमै ढलेका एक ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको मृत्यु भएको छ ।उनको हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएका छन् ।

अन्य ब्याट्सम्यान र फिल्डिङ टीमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थल मै मृत्यु भएको थियो ।
उनी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए । नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबीचको खेल चलिरहेको थियो। माभेरिक्सको टोली ब्याटिङ गरिरहेको थियो । 

उमेश कुमार र विकास पीचमा थिए । १४औँ ओभर चलिरहेको थियो । उमेशले चौका प्रहार गरे । विकास ननस्ट्राइकर एन्डबाट बधाई दिन स्ट्राइकरको छेउमा गए। उमेश कहाँ पुग्नुअघि नै विकास पीचमा ढले । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:४४
Weather Update