News Griha :: न्यूजगृह
एरिक विष्टले आई लिग खेल्ने

काठमाडौं— नेपाली राष्ट्रिय फुटबलर एरिक विष्टले भारतीय (आई) लिग खेल्ने भएका छन् । भारतको मेघालय सिलोङले नेपाली टोलीका मिडफिल्डर एरिकलाई अनुबन्ध गरेको गरेको जनाएको छ ।

एरिक जारी आई लिगका बाँकी खेलका लागि अनुबन्धित भएका हुन् । यसअघि सिलोङबाट नेपालका अनिल गुरुङले खेलिसकेका छन् । नेपाली राष्ट्रिय टिमको मिडफिल्डमा राम्रो जमेका एरिकले हालै भएको नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी एफसीको मार्की खेलाडीको रुपमा गतिलो छाप छाडेका थिए ।

उनले कप्तानको पनि जिम्मेवारी निर्वाह गरेका थिए । एरिकले २०२० मा बङ्गलादेशमा भएको मुजिब बर्षो मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गरेका हुन् । उनले सहिद स्मारक ए डिभिजन लिगको उपाधि नव प्रवेशी क्लब चर्च ब्वाइजलाई सफलता दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:०३
Weather Update