News Griha :: न्यूजगृह
उद्योग वाणिज्य महासंघको मतपरिणाम सार्वजनिक हुँदै

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारण सभापछि बुधबार सम्पन्न निर्वाचनको मतपरिणाम बिहीबार सार्वजनिक हुनेछ ।

एक जना वरिष्ठ उपाध्यक्षसहित कुल ६४ पदका लागि भएको सो निर्वाचनमा देशभरका व्यवसायी सहभागी भएका थिए ।

महासंघ निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिएअनुसार सो निर्वाचनमा कुल १ हजार ८ सय ९१ मतदाता रहेकोमा १ हजार ८ सय ८१ मत खसेको थियो ।

महासंघको विधानअनुसार यस निर्वाचनमा जम्मा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउने उम्मेदवार वरिष्ठ उपाध्यक्षमा विजयी हुनेछन् ।

आगामी नयाँ नेतृत्व चयन गर्न सम्पन्न सो निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जनकुमार श्रेष्ठ र रामचन्द्र संघईको समूह चुनावी मैदानमा उत्रिएका थिए ।

कुल ६४ पदका लागि १ सय १६ जना व्यवसायीबीच प्रतिस्पर्धा भएको थियो । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०६:२१
Weather Update