News Griha :: न्यूजगृह
राष्ट्र बैंक भन्छ– विप्रेषण आप्रवाह बढ्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७९४ अर्ब ३२ करोड पुगेको छ ।

यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थितिबारे एक विज्ञप्ति जारी गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ ।

अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०६:२८
Weather Update