News Griha :: न्यूजगृह
यी हुन् उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फ निर्वाचित हुनेहरू [नाम]

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघमा बुधबार भएको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । वस्तुगत सदस्यतर्फको मतगणना सकिएको छ ।

कुल १४ जना सदस्य हुने व्यवस्था रहेकामा २८ जनाको उम्मेदवारी परेको थियो । यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन् ।

वस्तुगतमा उमेशलाल श्रेष्ठको टीमको वर्चस्व रहेको छ । उनको प्यानलबाट ८ जना निर्वाचित भएका छन् । अन्य बाँकी राचन्द्र संघाई र अन्जन श्रेष्ठको प्यानलबाट निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरूमा अरनिको राजभण्डारी, कमला श्रेष्ठ,डा.सुबोध कुमार गुप्ता, नरेशलाल श्रेष्ठ, नानीराज घिमिरे, पशुपतिदेव पाण्डे,भक्तबहादुर हमाल, मनोज अधिकारी, रविन पुरी, राजकुमार कार्की राजु, लिनेप्रसाद प्रधान,  शिवप्रसाद घिमिरे, शोभा ज्ञावाली र  हरिबहादुर कार्की रहेका छन् ।  

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०७:१६
Weather Update