News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं— नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर छ। यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि बुधबार सुनको कारोबार सोही मूल्यमा किनबेच भएको थियो । 

बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको कारोबार सोही मूल्यमा  भएको थियो ।  

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:४०
Weather Update