News Griha :: न्यूजगृह
यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं— हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। 

कोशी प्रदेशका पहाडी भूभागका एकदूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०६:४७
Weather Update