रियल मड्रिड लालिलाको शीर्ष स्थानमा

काठमाडौं— स्पेनिस लालिगा फुटबलमा रियल मड्रिड शीर्ष स्थानमा फर्किएको छ । यसअघि १ अंकले पछि रहेको रियल बिहीबार रातिको खेलमा गेटाफेलाई २–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा फर्किएको हो ।
रियल अहिले दोस्रो स्थानको जिरोनाभन्दा २ अंकले अगाडि छ । रियलको ५७ अंक हुँदा जिरोनाको ५५ अंक रहेको छ । रियलको जितमा दुवै गोल जोसेलुले गरेका थिए ।

१४ औं मिनेटमा जोसेलुले लुकासको पासमा गोल गर्दै रियललाई अग्रता दिलाए । ५६ औं मिनेटमा जोसेलुले भिनिसियस जुनियरको पासमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । सोही अग्रता रियलले अन्तिमसम्म कायम राख्दै तालिकामा ३ अंक थप्न सफल भयो । पराजित भएको गेटाफे भने १० औं स्थानमा छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८० ०८:३८













