News Griha :: न्यूजगृह
शेयर बजार २९ अङ्कले घट्यो

काठमाडौं—  वर्ष २०७९ को अन्तिम दिनसँगै साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेप्से परिसूचक २९ अङ्कले ओरालो लागेको हो । योसँगै सूचक १९३४ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७२अङ्कले घटेर ३६७.९८ विन्दुमा पुगेको छ।

यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ९२ अङ्कले उकालो लागि १९६३ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ५२ लाख रुपैयाँ भन्दाबढी कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार कूल २७० कम्पनीको ४९ लाख १३ हजार ७०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६५ करोड ३३ लाख भन्दाबढी रुपैयाँको कारोबार शेयर कारोबार भएको छ। 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १६:१३
Weather Update