
काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी उमेशलाल श्रेष्ठले समर्थन गरेपछि अन्जन निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि भएको पहिलो चरणको निर्वाचनमा ३ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि महासंघको चुनाव दोस्रो चरणमा प्रवेश गरेको थियो । पहिलो चरणको प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईबीच चुनाव भएको थियो । पहिलो चरणको मतपरिणामअनुसार दोस्रो चरणको मतदानमा भने संघई बाहिरिएका थिए ।
यो पनि पढ्नुहोस
पहिलो चरणको निर्वाचनमा कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका थिए भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गरेका थिए । साथै संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका थिए ।
महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् । साथै बुधबारको निर्वाचनमा जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् भने भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।



1681282737.jpg)










