पूर्वानुमान
मौसम : तराईमा हुस्सु र कुहिरो, दुई प्रदेशमा हिमपात

काठमाडौं— देशका पहाडी भूभागमा आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रकाशित मिति: बिहीबार, माघ २५, २०८० ०६:५८