उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्– निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछु

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताएका छन् ।
बिहीबार महासंघको अध्यक्षको शपथग्रहणपश्चात अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य ५ कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिर्वतन गर्ने काम सुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताए । उनले जिल्ला तथा नगरबाट आएको मागहरू तत्काल समाधान गर्ने पनि बताए ।
उनले पछिल्लो समय कोरोना महामारीलगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने बताए ।
महासंघको विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९ १९:१०













