बझाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु

बझाङ– बझाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नम्बरको जीप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।
बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत छिन्। तलकोट–३ का जीप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायत घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जीप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० ०७:२४