News Griha :: न्यूजगृह
एसीसी वुमन्स प्रिमियर कपमा नेपाल र मलेसिया भिड्दै

काठमाडौं– एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल बिहान सवा ११ बजे सुरुहुने छ ।

दुवै टिम अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन् । आजको बिजेताले एसियाकपमा स्थान बनाउने भएकाले नेपाल र मलेसिया दुवैलाई निकै नै महत्वपूर्ण रहेको छ ।

नेपालले क्वाटरफाइनलमा कुवेतलार्य डीएलएस नियम अनुसार ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले जापानलाई १६ रनले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०८:५७
Weather Update