News Griha :: न्यूजगृह
चालु खाता एवं शोधनान्तर स्थितिमा उल्लेख्य सुधार : राष्ट्र बैंक

काठमाडौं— नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०को फागुनसम्ममा चालु खाता एवं शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको जनाएको छ ।

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तीय स्थितिबारे एक प्रेस विज्ञप्ति जारी गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जानकारी दिएको हो । 

समीक्षा अवधिमा चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४६ अर्ब ७२ करोड रुपैयाँले घाटामा थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति १४८ अर्ब ११ करोडले बचतमा छ ।

बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५८ अर्ब ६४ करोड रुपैयाँले घाटामा थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ११:२०
Weather Update