करेन्ट लागेर धनुषामा महिलाको मृत्यु

धनुषा– लक्ष्मीनियाँ गाउँपालिका– २ सिंगरजोडा बस्ने ३० वर्षीया रिना देवी दासको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
ट्रान्सफर्मर जडान भएको पोलमा तार बेर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
आफ्नो घरको वाईफाईको तार भुईँमा लत्रेपछि उक्त तार घर नजिकैको विजुलीको पोलमा बेर्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८० १५:५८