News Griha :: न्यूजगृह
तनहुँमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते
सांकेतिक तस्बिर

तनहुँ– जीप दुर्घटना हुँदा तनहुँमा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका-६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए।
 
पृथ्वी राजमार्गमा डुम्रेतर्फबाट आबुरखैरेनीतर्फ आउँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । दुर्घटनामा परी अरु ६ जना घाइते छन् । डीएसपी खाँणका अनुसार दुर्घटनापछि घाइतेहरुलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो । 

प्रहरीका अनुसार दुर्घटनामा परी एउटै वडाका (इच्छाकामना गाउँपालिका-५) का डम्बरबहादुर गुरुङ, कमल गुरुङ, रुद्रबहादुर चेपाङ र जित गुरुङ घाइते भएका छन् । दुर्घटनामा सोही गाउँपालिकाको वडा नं. ६ का रुपक गुरुङ र भरतपुर महानगरपालिका-२९ का टेस्टबहादुर गुरुङ घाइते भएका छन् । घाइतेहरुको पूरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ०७:५२
Weather Update