News Griha :: न्यूजगृह
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षा वैशाख १४ देखि [परीक्षा तालिकासहित]

काठमाडौं– कक्षा १२ को परीक्षा आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने भएको छ। 

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय(कक्षा ११ र १२)ले सूचना जारी गर्दै परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको छ। 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। 

कार्यलयले जारी गरेको सूचनामा परीक्षा सुरु हुनुभन्दा आधाघण्टा पहिले नै परीक्षा केन्द्रमा पुग्नुपर्ने, परीक्षा सुरु भएको १५ मिनेटपछि पुग्नेलाई परीक्षामा सहभागी नगराइने, तोकिएको परीक्षामा अनुपस्थित हुनेलाई अर्को परीक्षाको व्यवस्था नगर्नेलगायतका विषय विद्यार्थीलाई जानकारी गराएको छ। 

हेर्नुहोस् कार्यालयले जारी गरेको परीक्षा तालिका 

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०८:३४
Weather Update