News Griha :: न्यूजगृह
अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीर प्रज्ञा प्रतिस्ठानमा

काठमाडौं– भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ। 

आचार्यको पार्थिव शरीर बिहान ९ बजेपछि प्रतिस्ठानमा राखिने छ। अन्तिम श्रद्धाञ्जली दिन प्रतिष्ठानमा गीतसङ्गीत क्षेत्रका हस्ती तथा कलाकारसहितको उपस्थिति हुनेछ। 

पिता बलभद्र र मात रेनुकाको कोखबाट जन्मिएका भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षीय संगीतकार आचार्य १६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय रहे।

आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । उनका दुई छोराहरु सत्यराज र स्वरुपराज पनि संगीत साधनामा सत्रिय छन् । 

१६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय रहेका आचार्यले झण्डै साढे चार सय गीत रेकर्ड गराएका छन् ।
आचार्यको स्वरमा गुन्जिएका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको माया, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेमलगायतका गीत चर्चित छन् । त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले जस्ता छन् । 

भजनशिरोमणिको उपाधि पाएका आचार्य सन् १९७३ देखि ८६ सम्म संगीत साधनामा सक्रिय थिए। भक्तराज सूर सम्राट मानिन्छन्। 

आचार्यले भजनदेखि आधुनिक गीत, गजल बालगीतलगायतमा स्वर र संगीत दिएका छन्। 

२०४९ सालमा जिब्रोमा क्यान्सर भएपछि आचार्यको जिब्रो काट्नुपरेको थियो । त्यसपछि उनले गाउन र राम्रोसँग बोल्न सकेका थिएनन्। 

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ०८:४४
Weather Update