शेयर बजारले फेरि नाघ्यो २ हजार अंक

काठमाडौं– शेयर बजारले फेरि २ हजार अंक नाघेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९.३४ अंक बढेसँगै २००१ अंकमा कायम भएको छ।
कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो। कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो।
समूहगत सूचकहरूमा भने मिश्रित अवस्था देखिएको छ। केही समूहहरू बढेका छन् भने केही घटेका छन्।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० १५:५३













