News Griha :: न्यूजगृह
सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका ४ कलाकारको मृत्यु

काठमाडौं– भोजपुरी फिल्म उद्योगमा यति बेला शोकमा छ । सवारी दुर्घटनामा ४ उदीयमान स्टार गुमाएपछि उद्योग नै शोकमा डुबेको हो। 

दुर्घटनामा चर्चित वेब सिरिज ‘पञ्चायत २’की अभिनेत्री आँचल तिवारी पनि छन्। भारतीय सञ्चार माध्यमहरुकाअनुसार सबै कलाकारको सडक दुर्घटनामा मृत्यु भएको हो। चारै जनाको मृत्यु घटनास्थलमै भएको बताइएको छ।

मृत्यु हुनेमा भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक विमलेश पाण्डे र छोटु पाण्डे पनि छन्। बिहारको कैमुरस्थित देवकाली गाउँ नजिक जीटी रोडमा आइतबार साँझ दुर्घटना भएको थियो। सोमबार बिहान मात्रै मृतकहरूको सनाखत भएको थियो। त्यसपछि मात्रै प्रहरीले विज्ञप्ति जारी गर्दै मृत्युको पुष्टि गरेको थियो।

आइतबार मोटरसाइकल, एसयूभी कार र ट्रक आपसमा ठोक्किएका थिए। घटनामा ९ जनाको मृत्यु भएको थियो। अधिकांशको मृत्यु घटनास्थलमै भएको बताइएको छ।  

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १६:२४
Weather Update