हँसिया प्रहार गरि सिरहामा महिलाको हत्या, श्रीमान पक्राउ

काठमाडौं— सिरहाको सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको छ। आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो।
उनको हत्या आरोपमा श्रीमान रामउदगार साह पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए। श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
यसअघि शुक्रबार राति सिरहाको गोलबजार नगरपालिका–६ की ३५ वर्षीया अनिताकुमारी साहको हत्या भएको थियो। सुतेकै कोठामा लोहोरो र घरेलु हतियार प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको थियो।
अनिता हत्या आरोपमा प्रहरीले पति महेन्द्र कुमारसहित चारजनालाई पक्राउ गरेको छ।
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० २०:५३