News Griha :: न्यूजगृह
सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं— नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:२४
Weather Update