प्रतिनिधि सभा बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल [लाइभ]
काठमाडौं— संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ। आजको बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्ने विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची छ। उनले नै ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।
महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा आर्थिक वर्ष २०८१/२०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि पनि छलफल प्रारम्भ गरिनेछ।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० ११:४१
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://mail.newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://mail.newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://mail.newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://mail.newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://mail.newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






