News Griha :: न्यूजगृह
बचत रकम फिर्ता माग्दै सहकारी पीडित सडकमा

काठमाडौं— सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासङ्घले संस्थाहरूमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम गरेको छ। 

देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शनसहित सभा गरिएको हो। 

प्रदर्शनमा निस्केकाहरू कालिमाटी, गोंगवु, शंखपार्क र जावलाखेलबाट भृकुटीमण्डप आए। उनीहरूले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकलाई कारबाहीको माग गर्दै नाराबाजी गरे।

कार्यक्रममा गुडविल सहकारीमा ८ लाख बचत गरेर फिर्ता नपाएका श्यामबहादुर राईले लाखौं जनताले गरेको बचत लिएर फरार सहकारी सञ्चालकरूलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाए। सर्वसाधारणको पैसा हिनामिना गर्नेलाई तुरुन्त कारबाहीको दायरामा ल्याएर रकम फिर्ता गर्न उनले माग गरे। 

sahakari-pidit-2-1710417628.jpg
उनले भने, ‘म गुडविल सहकारी पीडित हुँ। लाखौं जनताहरूले सहकारीमा बचत गरेका छन्। आज सञ्चालकहरू कहाँ भागेका छन् थाहा छैन। तिनीहरूलाई किन संरक्षण गरिरहेको छ सरकारले ? सरकारले तुरुन्त सञ्चालकरूलाई कारबाहीको दायरामा ल्याएर हामी बचतकर्ताहरूको रकम फिर्ता गर्नुपर्छ। मेरो ८ लाख रकम छ। सबैको बचत ७९ करोड रुपैयाँ थियो गुडविल सहकारीमा।’ 

राईका अनुसार गुडविल सहकारी सञ्चालक दिवाकर श्रेष्ठ विगत तीन वर्ष देखि जेलमा छन्। सहकारीको रकम आफूसँग नभएको दाबी उनले गर्दै आएका छन्। 

sahakari-pidit-1-1710417628.jpg     

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १७:४६
Weather Update