News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको बलात्कार मुद्दामा सरकारी वकिल पनि उच्च अदालतमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरूप पाँच लाख रुपैयाँ भराउने फैसला सुनाएको थियो।

सरकारी वकिलले भने पीडित बालिका रहेको दाबीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो।

 लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो। 

क्रिकेटर लामिछानेले पनि जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन् ।

उच्च अदालतले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको छ।

 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २०:५१
Weather Update