News Griha :: न्यूजगृह
कस्तो छ तपाईंको आजको दैनिकी? हेर्नुहोस् राशिफल

आज मिति २०८० चैत २ गते शुक्रबार। तदअनुसार १५ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
अप्रिय समाचारले मन खिन्न बनाउला। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ। परिस्तिथिवश काममा केही ढिलासुस्ती हुन सक्छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। नयाँ काम थालनी हुनेछ। सानो प्रयत्नले दिगो काम सम्पादन गर्न सकिनेछ। साथीभाइले सहयोग जुटाउनेछन्। धार्मिक तथा सामाजिक काममा मन जानेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
टाढिएका साथीभाइ नजिकिनेछन्। पेसा तथा व्यवसायमा फाइदा हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले जीवनशैलीमा समेत सुधार ल्याउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
नोकरी तथा व्यवसायतर्फ मनग्य फाइदा हुनेछ। भौतिक साधन जुट्नेछन्। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
तारिफयोग्य कामको चर्चा हुनेछ। अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ। पछिका लागि जिम्मेवारी भने प्राप्त हुनेछ। सरसापट वा कर्जामार्फत आवश्यक रकम पनि जुट्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। 

राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०५:५६
Weather Update