News Griha :: न्यूजगृह
सिन्धुलीको दुम्जाडाँडामा बम विस्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो
फाइल तस्बिर।

काठमाडौं— सिन्धुलीको सुनकोशी गाउँपालिका– १ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा बम विस्फोट भएको छ।

शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा प्रेसर कुकर बम विस्फोट भएको हो।

विस्फोटबाट टावर परिसरमा रहेको भवनको झ्यालमा सामान्य क्षति भएको तर टेलिकमको टावरमा भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। 

घटनास्थलबाट जनमुक्ति सेना लेखिएको पर्चा फेला परेको छ।

घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ०९:३७
Weather Update