News Griha :: न्यूजगृह
विश्वकप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौं— फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल घरेलु टोली बहराइनसँग पराजित भएको छ। 

आज बिहान बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको हो।
 Nepal_VS_Baharain-(1)-1711070695.jpg

बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन र इब्राहिम अलखताल समान १/१ गोल गरे । पहिलो हाफमा ३ गोल गरेको बहराइले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

नेपाल समूह ‘एच’ मा लगातार तेस्रो खेलमा पराजित भयो। यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको हो। बहराइनको भने दोस्रो जित हो । 

Nepal_VS_Baharain-(1)-1711070694.jpeg
सुरुवाती दोस्रो मिनेटमै गोल ब्यहोरेको नेपालले ८ मिनेटमा पुन अर्को गोल ब्यहोरेको थियो । यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ। यूएईले ३ खेलबाट ९ अंक जोडेको छ। 
जितसँगै बहराइनको समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ। बहराइनले यसअघि यमनलाई २–० गोल अन्तरले पराजित गरेको थियो।

Nepal_VS_Baharain-(3)-1711070694.jpg
समान खेलबाट यमन ३ अंकसहित तेस्रो स्थानमा छ। नेपालभने जितविहीन र अंकविहीन रहेको छ । Nepal_VS_Baharain-(2)-1711070694.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०७:११
Weather Update