उद्योग
एडभान्स ग्रुपको रोल्पा सिमेन्टले तिरेन ८ करोड विद्युत महशुल, लाइन काटियो

काठमाडौं— रोल्पा सिमेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ ।
उद्योगले विद्युत महसुलबापत ८ करोड ४४ लाख ६ सय ९७ रूपैयाँ बक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो ।
रोल्पाको त्रिवेणी गाउँपालिका– ३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले बक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्रले जनाएको छ ।
‘पटकपटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ’, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भने ।
एडभान्स ग्रुपको रोल्पा सिमेन्टले २०७० साल यता महशुल नबुझाएको वितरण केन्द्रले जनाएको छ । बक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उहाँको भनाइ छ ।
रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० ११:४०













