सुनचाँदीको भाउ स्थिर

काठमाडौं— नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।
महासङ्घका अनुसार सोमबार चाँदीको मूल्य भने स्थिर छ। सोमबार चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १२:४३













