शेयर बजार २३.६४ अङ्कले घट्यो

काठमाडौं— सोमबार शेयर बजार घटेको छ ।
सोमबार नेप्से परिसूचक २३.६४अङ्कले ओरालो लागेको हो । योसँगै सूचक १९०८ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा पुगेको छ।
यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २.८० अङ्कले ओरालो लागि १९३१.६८ विन्दुमा अडिएको थियो । सोही दिन एक अर्ब ९७ करोड ४५ लाख रुपैयाँ भन्दाबढी कारोबार भएको थियो ।
नेप्सेमा सोमबार कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८० १५:५६













