News Griha :: न्यूजगृह
आन्तरिक उडानका लागि निगमले तीन जहाज किन्ने

काठमाडौं— राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज किन्ने भएको छ ।

आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज किन्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलको भनाइमा दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज किन्ने कार्ययोजना अघि बढाइएको छ ।

निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग किन्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  २१:३२
Weather Update