काठमाडौं— नेपाल ए ले दोस्रो टी२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेको छ।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ। तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन्। स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्फ आज नेपालको प्लेइङ ११ मा छन्।
नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो। त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ। सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ।
पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो। अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो।
नेपालका लोकेश बलमे १०६ रनको शतकीय इनिङ र आरिफ शेखले ४९ रन बनाएका थिए। पहिलो खेलको ब्याटिङले खेलाडीको मनोबल बढ्नेछ।



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://mail.newsgriha.com/uploads/posts/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://mail.newsgriha.com/uploads/posts/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://mail.newsgriha.com/uploads/posts/rastriya-sava-1-1720169961.jpg)






