
काठमाडौं— त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज आज नेपालले भारतको गुजरातसँग खेल्दैछ।
भारतको स्टेट टोली गुजरातसँगको खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ। साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुने खेलमा नेपालको नेतृत्व रोहित पौडेलले सम्हाल्दा गुजरातको नेतृत्व उमांग कुमारले सम्हाल्ने छन्।
नेपाल, गुजरात र बरोडाबीचको त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनका आधारमा हुनेछ। नेपाल दुई सातापछि ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप यो सिरिज खेल्दैछ।
प्रतियोगिता अन्तर्गतको दोस्रो खेल चैत २० गते बरोडासँग हुनेछ। चैत २१ गते गुजरातसँग प्रतिस्पर्धा गर्ने नेपालले सिरिजको अन्तिम खेल चैत २३ गते बरोडासँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल चैत २५ गते हुनेछ।
त्रिकोणात्मक सिरिजका लागि रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टिममा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जीसी, अभिनाश बोहरा र आकाश चन्द छन्।













