News Griha :: न्यूजगृह
मंगलबारदेखि ऊर्जा सम्मेलन, नेपालको बिजुली अन्तर्राष्ट्रियकरणमा छलफल हुने

काठमाडौं— आज मंगलबारखेखि काठमाडौंमा ऊर्जा सम्मेलन हुँदैछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं ऊर्जा सम्मेलन हुन लागेको हो । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन् ।

सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ ।

सम्मेलनमा विद्युत् उत्पादकहरू, विद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरूले सो सम्मेलनमा सहभागिता जनाउने छन् ।

मुख्यतः नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सो सम्मेलन लाभदायक हुने आयोजकको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०७:०८
Weather Update