News Griha :: न्यूजगृह
फ्रेन्डसिप टी–२० कप: नेपालले आज बरोडासँग खेल्दै

काठमाडौं — नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज बरोडासँग खेल्दैछ। खेल दिउँसो २:४५ मा सुरु हुनेछ।

नेपाल फाइनलमा पुगिसकेको छ। बरोडा फाइनल दौडबाट बाहिरिसकेको छ।

नेपालले फाइनल आइतबार गुजरातसँग खेल्ने छ। पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो।

नेपालले गुजरातलाई पहिलो खेलमा ८ विकेट र दोस्रो खेलमा ८ रनले हराएको थियो। बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ। प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ।

नेपाल त्यसैको तयारीका लागि भारत भ्रमणमा छ। नेपाल उतैबाट ओमान जानेछ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:२६
Weather Update